•  ३ जेष्ठ २०८१, बिहीबार
  •  11:53:12 AM

मिटरब्याज प्रकरण : २५ सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

- श्रावण १५, २०८० मा प्रकाशित


काठमाडाैं । अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म ५५ जिल्लामा कूल २३ हजार ९ सय ६१ उजुरी दर्ता भएका छन्। गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५ सय २० वटा उजुरीमा मिलापत्र भएको छ।

मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए।उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८ सय १२ कारोबार भएको उल्लेख थियो। ती पीडितहरुसँग साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १ सय ९९ माग दाबी गरेको भेटिएको छ।

त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए। मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए।

Comments

सम्बन्धित खवर