सिटिजन्स इन्सुरेन्सको आइपीओमा माग भन्दा बढी आवेदन
- श्रावण १२, २०८० मा प्रकाशित
सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो । सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस्तै, सन नेपाल लाइफ इन्सुरेन्सको पनि आइपीओमा ३३ करोड १८ लाख १ हजार ३१० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (साउन ११ गते) बिहानसम्ममा २१ हजार ७६१ जनाले १३ लाख ८८ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४ गुणा बढी आवेदन हो ।
सन नेपालले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments