•  २४ बैशाख २०८१, सोमबार
  •  4:13:09 PM

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने

- श्रावण ११, २०८० मा प्रकाशित


इटहरी । मोरङकाे कटहरीमा नयाँ जुट मिल्स थपिएको छ । ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको हो । व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन् । ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएर नयाँ उद्योग सुरु गरेका हुन् ।

उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ। आगामी अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने उद्योगले जनाएको छ। यो सँगै पूर्वमा जुट उद्योगको संख्या ६ पुगेको छ । श्री पशुपतिनाथ जुट मिल्सका लगानीकर्ता चार्टर्ड एकाउन्टेन्ड जैन २५ वर्षदेखि गोल्छा अर्गनाइजेसनको जुट उद्योग अरिहन्त मल्टिफाइबर्समा कार्यरत थिए । रिजालको परिवार दुई दशकदेखि जुट उद्योगमा छ ।

उनको लगानी रहेको मोरङको बुढीगंगास्थित नेपाल जुट उद्योग भने हाल बन्द छ । नयाँ जुट मिल्ससँग एक दिनमा ३० टन सामग्री उत्पादन गर्ने क्षमता छ। व्यावसायिकरुपमा सञ्चालनमा आएपछि ७ सय जनाभन्दा बढीले रोजगारी पाउनेछन् । मिल्सले कच्चा जुटबाट हैसियन, बोरा र सुतली उत्पादन गर्ने छ ।

Comments

सम्बन्धित खवर