•  २३ बैशाख २०८१, आईतवार
  •  9:47:18 AM

१७ वर्षीया छोरीमाथि बुवाले गरे खुकुरी प्रहार

- श्रावण १, २०८० मा प्रकाशित


स्याङ्जा । स्याङजाको भिरकोट नगरपालिका–७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।
स्थानीय ४० वर्षीय बुबा यमबहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात् गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अस्था गम्भीर रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यमबहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताए ।

Comments

सम्बन्धित खवर