•  २३ बैशाख २०८१, आईतवार
  •  2:07:23 PM

१५ दिनदेखि हराइरहेकी महिला मृत भेटिइन्

- असार २९, २०८० मा प्रकाशित


भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित मोर्डन स्कुल नजिकैको जंगलमा हराएकी एक महिला मृत भेटिएकी छिन् । सूर्यविनायक नगरपालिका ७ बस्ने ३८ वर्षीय माया नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

अस्थायी प्रहरी पोष्ट गुण्डुबाट प्रहरी सहायक निरीक्षक रामबहादुर मगरको टोलीले खोजतलास गर्दै जाने क्रममा उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार उनी असार १३ गते बिहान साढे सात बजेदेखि हराइरहेकी थिइन् ।
घटनास्थल सुरक्षित साथ राखी उक्त स्थानमा वृत्त जगातीबाट घटनास्थल मुचुल्का लगायत अनुसन्धानको लागी प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा १० जनाको टोली खटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उक्त स्थान वृत्त जगातीबाट अन्दाजी ५ किलोमिटर दक्षिण पश्चिम पर्दछ । यसअघि खोजतलासको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय ४ कुकुरसहित खोजी कार्य भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर