•  २७ बैशाख २०८१, बिहीबार
  •  2:56:07 PM

यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल मलेसियासँग भिड्दै

- असार १९, २०८० मा प्रकाशित


काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज (मंगलबार) घरेलु टाली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु हुनेछ । खेल ३५ ओभरको हुनेछ ।

समूह ‘ए’ बाटै नेपाल र मलेसिया दुई टोली फाइनलमा पुगेका हुन् । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का ग¥यो ।

समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो । मंगलबार फाइनल खलेन मैदान उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने हुनेछ ।

उता मलेसिया नेपालसँग हारको बदला लिन चाहन्छ । प्रतियोगितामा धेरै रन बनाउनेको सूचीमा नेपालका दुई खेलाडी छन् । मलेसियाका कुनै पनि खेलाडी यो सूचीमा छैनन् । निरजकुमार यादवले एक अर्धशतकसहित १२४ रन बनाएका छन् र सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छ ।

यस्तै सुर्यांशु कोइरालाले तीन खेलमा ११२ रन बनाएका छन् र नवौं स्थानमा छ । बलिङतर्फ नेपालका सन्तोष यादव र अशोक धामीले समान ८ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो र चौथो स्थानमा छन् । दुवैलाई फाइनलमा विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बन्ने अवसर छ ।

मलेसियाका मुहमम्द अक्रमले पनि समान ८ विकेट नै लिएका छन् र उनी पाँचौ स्थानमा छन् । उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । एसीसी यू–१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ र त्यो लक्ष्य पूरा हुनबाट नेपाल एक कमदम मात्र टाढा छ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।

Comments

सम्बन्धित खवर