•  २ जेष्ठ २०८१, बुधबार
  •  3:36:07 AM

मीनबहादुरसहितलाई थुनामा राखिएकोबारे सर्वोच्चले माग्यो सरकारको जवाफ

- असार १५, २०८० मा प्रकाशित


काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

आज (शुक्रबार) न्यायाधिश डा. कुमार चुँडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाले बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । प्रहरीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्तेको अभियोगमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरेको थियो ।

Comments

सम्बन्धित खवर