•  २४ बैशाख २०८१, सोमबार
  •  1:06:28 PM

पहिलो पटक मलामी जादा

- जेष्ठ ३२, २०८० मा प्रकाशित


तारा भट्टराई

ईटहरी । दिदी हामी काँ जादै छौ ? मैले चोकमा पुगेपछि सोधे उहाँले मुसुक्क मुस्कुराउदै भन्नु भयो “बुइनी जिन्दगीको अन्तिम गन्तव्यमा ’’

मैल कुरा बुझ्न सकिनँ । त्यहिपनि चुप लागिरहे विराटनगर हिडेकी मान्छे चोकबाट पुर्व माेडिए टेग्रापुल तर्यौ । बिहानको ९ः०० बजेको थियो क्यार । सफारी बुढीखोलाको ओरालो लाग्यो । अनि मैले दिदीले अघि भनेको कुराको अनुमान लगाउन थाले । खोला छेउमा ठुलो भिडभाड थियो। वरपर तिर धुवाँ नै धुवा, सोचे यहाँ के को धुवा होला । एकछिन पछि त्यही भिड भित्र हामी पनि छिर्यौ । त्यहाँ धेरै जस्तो पुर्वका पत्रकारहरुको जमघट थियो । भिडलाई छिचोल्दा भिडको केन्द्रमा अागो बन्न तयार एक थुप्रो दाउरा थिए । छेउमा पिताम्बरकाे पोको थियो । मान्छे हरुका अनुहार हरु फरक थिए । सबै मान्छे समान देखिन्थे । पुरै स्तब्ध ,मौन आखाँहरु मलिन एक छेउमा एकदुईजना आमा दिदीहरु रुदै हुनुहुन्थ्यो । एकजना त बेहोेसनै हो क्यार ।

मेलामा हराएको बच्चा जस्तै म दिदीको पछिपछि लुरुलुरु हिन्दै थिए । कालो जामा हातमा डकुमेन्टहरु बोकेर, एउटा मैले पनि चिनेको पत्रकार सरलाई मैले नमस्ते भने सबैजनाले म तिर हेरे । त्यही भिडबाट एकजना आमाले सुटुक्क तानेर भन्नु भयो । मेरो सम्पुर्ण शिरदेखी पाउ सम्म हेर्दै ,तिम्रो नाम के हो ? नानी तिमी चै के थरी ? घर कता हो ? हिजोआज कता बस्छेउ ?यति धेरै प्रश्नको जबाफ दिएपछि आमाले भन्नुभयो ।अघिको भन्दा स्वरको गति घटाएर, मलामी आको बेला नमस्कार गर्नुहुदैन त नानी थाहा छैन ? तिम्लाइ अनि कालो कपडा पनि लगाउनु हुन्न कालोमा त शनि बसेका हुन्छन् । राम राम भन्ने है बाबा अनि मैले बल्ल थाहाँ पाए यो भिड मलामीको रहेछ । इटहरीका बरिष्ठ पत्रकार दिदीको साथिको बुवा स्वर्गीय हुनुभएको रहेछ । त्यो छेउछाउको मान्छे पोलेको धुवाँ रहेछ ।आज म पनि पहिलो पटक मलामी आएकी रहेछु । अहो ! अब मलाई त्यो बालापन देखीको जिज्ञासा र प्रश्न एकैचोटी पानीको प्यास मेटिए जस्ते भयो । म अब अरु जल्दै गरेका, जलाउन तयारीमा राखेका लासहरु पनि हेर्नथाले । म वरपर घुमेरहे हुम्लामा त छोरी मान्छे न,त जन्ती जान्छन् न,त मलामी । सानी छदा मलामीको पछि पछि घर अगाडी सम्म पुग्थ्ये । त्यसपछि घर पठाई दिन्थे । झन छोरी मान्छे त कोही पनि मसानघाट सम्म पुगेका थिएनन् । चन्द्रशमशेर आएपछि । तर म भने परिवारको आखाँ छलि छलि गाउँका अरु साथि भेला पारेर मसानघाट देखिने माथि टाढाको डाँडासम्म पुग्थ्ये । कमिलाको ताती झै गुरुप्प झुम्मिए पछि धुवाँ मात्र देखिन्थ्यो । अनि हामी घर फर्किन्थ्यौ । यतिले मलाई चित्त बुझेको थिएन । तर पनि त्यतिको हेर्दा मलाई पनि मैले देखे जस्तै एकदिन अरु गर्छन होला भन्ने लाग्थ्यो । तर आज मलाई त्यो कौतुहलता मात्र पुरा भएन एउटा विश्वबिद्यालय भेट्टाएजतिकै लाग्यो ।

मैले आजसम्म सुनेको ,पढेको ,भोगेको र बुझेको भन्दा बेग्लै खालको बोध सायद पहिलो पटक गर्न पाएँ । हुन त त्यहाँ महिला र पुरुष उत्तकै थिए । तर त्यहाँ महिला दिदी र आमा धेरै नै रोएर बेहोस हुनुहुन्थ्यो । बाबाहरुको हृदय पनि रोएको थियो होला, तर मैले बाहिर बाट देखिनँ । अहँ ,साच्चि..!अघि सम्म उहाँ के के हुनुहुन्थ्यो यो समाज,घर परिबार र देशको तर अहिले सबैल सम्बोधन गर्थे “लास” त्यो लासलाई दाउरा माथि राखियो अब लास खरानी बन्न तयार भयो । छेउबाट अाफ्नै छोराले अागो झोसेपछि अागो दन्किन थाल्यो । मान्छे पोलेको आगो हुरहुरी भएपछि भिडभाड फाट्यो । भेडाको बथानमा बाघ आएझै , तर त्यही आगोको नजिक हुनुहुन्थ्यो । एकजना मात्रै अन्तिम दाहसस्कार गर्ने छोरा भने बसेर चितामा बाबाको शरिर ठोसिरहनु भएको थियो । हाड र मासु को थुप्रो मट्टितेल छर्कीछर्की जलाइदै थियो । आगोको लप्काबाट खरानी को स -साना लप्का हरु उडेर वरपर बसेका मान्छेहरुका टाउको शरिरमा बस्थ्यो । नदी शान्त भएर बगिरहेको थियो ।

हेर्दा हेर्दै श्वास निश्वासियो अनि आकाश तिर हेरे बादल अघिदेखी डम्म भरिएको रहेछ । मैले अाज मेरो जिन्दगीको अन्यष्टी हेरिरहेकी थिए । दिदीले तारा .! हिड अब जाउँ तिमीलाई ढिला हुन्छ भनेपछि ,भिड छिचोलेर सफारी चढ्दै माथि रोडमा उत्रियौ। अलिक पर भ्रष्टाचार बिरुद्धको चर्को भाषण गरिरहेको सुनिन्थ्यो । रोडका सबै यात्री र यात्रुबाहक हरु हेर्दा हामी सबै त्यही पुग्नलाई दौडधुप गरिरहेछौ लाग्यो । हुन त म मसानघाट बाट ठिक विपरित तिर लम्किरहेकी थिए तर मलाई त्यही दाउराको कटारी माथी चढ्न तिर लम्किरहेको महशुस भयो । हुन त मैले आज जलिरहेको लास लाई देखेपछि थाहाँ पाए । हरेक पाइलामा जिन्दगीको मृत्यु हुने रहे छ । हरेक क्षणमा क्षणको मृत्यु हुदोरहेछ । अनि एक दिन पुरा शरिर र जिन्दगीको यस्तै कुराहरु मनमा बाढी जत्तिकै बर्सिन थाले । मलाई अब वरपर हासिरहेका,नाचिरहेका रिसाईरहेका झगडा गरिरहेका जो कोही लाई देखेपनि त्यही मान्छे पोलेको आगो र धुवाँ जस्तै लाग्न थाल्यो । दिन पनि साह्रै अध्यारो यस्तैमा विराटनगर जाने बस अगाडी आईपुग्यो । दिदी लाई बिदा मागे बस भित्र छिरे झ्यालको सिटमा बसे अध्यारो कालो भएको आकाश बर्सियो धर्तीमा उर्मि्रएका जीव बिरुवाहरु ताजा भएर खिलखिलाउन थाले । (दिदी सुभद्रा प्याकुरेल )

Comments

सम्बन्धित खवर