•  २५ बैशाख २०८१, मंगलवार
  •  9:33:31 AM

आजकाे माैसम : तराईमा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

- पुष १२, २०७९ मा प्रकाशित


इटहरी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, गण्डकी  तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ ।


आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली भू-भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।


देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध गरेको छ।

Comments

सम्बन्धित खवर