•  २ जेष्ठ २०८१, बुधबार
  •  5:13:20 AM

सुनसरी ४ मा लफडा : कांग्रेस भन्छ पुनःमतगणना हुनुपर्छ : एमाले भन्छ हार्ने निश्चित भएपछि बखेडा झिकियो : आयोगको निर्देशन कुर्दै अधिकृत

- मंसिर ११, २०७९ मा प्रकाशित


इटहरी । मतगणनामा धाधली भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले उजुरी दिएपछि स्थकित सुनसरी क्षेत्र नं ४ को मतगणना पुन हुने या नहुने भन्ने अन्यौलमा परेको छ । उम्मेद्वार कार्कीले निर्वाचन आयोग समक्ष पुनः मतगणनाको माग गर्दै उजुरी दिइसकेका छन ।

गणनाको क्रममा हुदै नभएको ६०६ मत एमाले तर्फ गनीएको भन्दै उम्मेद्वार कार्कीले आयोग समक्ष पुन मतगणना हुनुपर्ने माग सहित उजुरी दिएका हुन । उजुरी पश्चात निर्वाचन अधिकृतको कार्यालय सुनसरीले ततकाल मतगणनाको कार्यक्रम स्थकित गरी सर्वदलीय बैठक आवहान गरेको थियो ।

बैठकमा कांग्रेसले पुनःमतगणनाको अडान कायम राखेपछि सहमती हुन सकेको छैन । बैठकमा उपस्थित एमाले प्रतिनिधिहरूले भने हार्ने निश्चित भएपछि कांग्रेसका उम्मेद्वारले बखेडा झिकेको आरोप लगाउदै आएका छन । एमाले नेतृ लक्ष्मी गौतमले आफु पछि पर्ने भएपछि कांग्रेसले बखेडा झिकेको सामाजिक सञ्जालमै राखेकि छिन ।

उनको यो भनाइलाइ केहि कांग्रेस नेताहरूले खण्डन पनि गरिसकेका छन । यता सुनसरी क्षेत्र नं ४ भगवती मावीका निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार कांग्रेस उम्मेद्वार कार्कीले पुनः मतगणनाको माग गर्दै दिएको रिटबारे निर्वाचन आयोगको प्रधान कार्यालय काठमाण्डौमा पत्राचार गरिसकेको र उताबाट जवाफ तथा निर्देशन आएपछि मात्रै के गर्ने भन्ने जवाफ दिन सक्ने बताएका छन । अधिकृत अधिकारीका अनुसार मतगणनामा त्रुटि नभएकाे बताउदै वराहक्षेत्र ८ को  ६०६ मत स्थानीय अपडेटमा कर्मचारीको त्रुटिका कारण दोहोरो गणना हुन पुगेकाे तर आयोगको मूल डाटामा इन्ट्री तथा पोस्टिङ नभएकाे स्विकारेका छन । उनले उम्मेदवार बिच सहमति गरी गणना सुचारु गर्ने प्रयास भइरहेको बताए ।

Comments

सम्बन्धित खवर