•  २ जेष्ठ २०८१, बुधबार
  •  3:42:50 AM

माेरङमा ङाइते अवस्थामा भेटिएका पुरूषकाे उपचारकाे क्रममा मृत्यु

- मंसिर ११, २०७९ मा प्रकाशित


इटहरी / धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो । सरबरिया शनिबार राति आफ्नै घरमा घाइते अवस्थामा भेटिएका थिए । 

गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उनी घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए । 

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ । सरबरिया आफैँले वा अरुले उनीमाथि हतियार प्रहार गरेको भन्ने बारेमा पनि यकिन भइसकेको छैन ।  

Comments

सम्बन्धित खवर