•  ३ जेष्ठ २०८१, बिहीबार
  •  9:43:21 AM

मोरङ २(१)बाट माओवादी केन्द्रका उप्रेती निर्वाचित

- मंसिर १०, २०७९ मा प्रकाशित


इटहरी । मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट माओवादी केन्द्रका उम्मेदवार गणेश उप्रेती विजयी भएका छन्  । नेकपा एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गर्दै उप्रेती निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका उप्रेतीले १५ हजार ३३ मत प्राप्त गरे । नेकपा एमाले उम्मेदवार कार्कीले १४ हजार ६७८ मत प्राप्त गरे ।

राप्रपा उम्मेदवार श्रीकान्त पोद्दारले २३०४ मत प्राप्त गरेका छन् । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भए ।

Comments

सम्बन्धित खवर