•  ३ जेष्ठ २०८१, बिहीबार
  •  11:47:29 PM

बिगतमा हारेकाे बदला लिदै मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

- मंसिर ९, २०७९ मा प्रकाशित


 बेलबारी । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

आज विहान सकिएको मतगणना अनुसार कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरालाले १२ हजार २८६ मतअन्तर विजयी हुन सफल भएका छन् ।

२०७४ सालमा कोइराला र पण्डित मोरङ क्षेत्र नं. ६ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पण्डितले कोइरालालाई ६७५ मतअन्तरले पराजित गरेका थिए । ५ वर्षपछि प्रतिनिधि सभामा यी दुबै उम्मेदवार प्रतिस्पर्धा गर्दा कोइरालाले २०७४ मा हारको फराकिलो मतअन्तरले बदला लिएका छन् ।

उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन् ।

Comments

सम्बन्धित खवर