•  २३ बैशाख २०८१, आईतवार
  •  9:17:12 PM

कुवेतमा अलपत्र सात नेपाली कामदारको उद्धार

- कार्तिक २७, २०७९ मा प्रकाशित


पाचँथर । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।

उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् ।

सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतमा रहेको रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतमै रहेको नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ ।

सातैजनालाई अहिले चाबहिलमा रहेको एक होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

Comments

सम्बन्धित खवर