•  ३ जेष्ठ २०८१, बिहीबार
  •  9:59:04 PM

सन्दीप प्रकरण: आज थुनछेक बहस हुँदै

- कार्तिक १५, २०७९ मा प्रकाशित


काठमाडाै । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी (बलात्कार)को मुद्दामा आज (मंगलबार)देखि थुनछेक बहस हुँदैछ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोमबार अभियोगपत्र दायर भएको र मंगलबारदेखि थुनछेकबहस हुने भएको हो ।सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।  

दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ ।

 १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् । 

Comments

सम्बन्धित खवर