•  ३ जेष्ठ २०८१, बिहीबार
  •  8:32:10 PM

झापामा सिटी सफारीले किचेर चालकको मृत्यु

- कार्तिक १५, २०७९ मा प्रकाशित


झापा । सिटी सफारी दुर्घटनामा परेर दमक–५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको छ ।

आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका सफारी चालक खड्काले पुगेका थिए ।

सामान झार्ने क्रममा एक्कासि सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो ।

सिटीले किचेर बेहोस भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर