•  १ जेष्ठ २०८१, मंगलवार
  •  9:40:09 PM

ताप्लेजुङका वरिष्ठ हवल्दार लोक्ताम र इलामका सहायक हवल्दार श्रेष्ठ असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित 

- कार्तिक ७, २०७९ मा प्रकाशित


 इटहरी । प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत श्रेष्ठ असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरूलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राख्ने गरिएको छ ।

Comments

सम्बन्धित खवर