•  १ जेष्ठ २०८१, मंगलवार
  •  4:27:13 AM

इटहरीकाे क्लाशिक टेक भवनमा आगलागी , एक साता सम्म इन्टरनेट अवरूद्ध हुन सक्ने 

- कार्तिक ७, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरी – बिराटनगरराेडस्थित क्लाशिक टेक इन्टरनेट रहेकाे भवनमा आइतबार राती आगलागी भएको छ । आगलागी के कारणले भएकाे हाे कारण नखुलेपनि बिद्युत सर्ट भएर लागेकाे अनुमान लगाइएकाे छ ।

करिब एक दर्जन व्यवसाय सञ्चालन रहेकाे उक्त भवनमा आगलागी हुदा क्लाशिक टेक इन्टरनेटमा क्षती पुगेकाे छ । आगलागीले क्लाशिक टेक कार्यालयमा रहेका अधिकांस इन्टरनेट ताररहरू जलेर नस्ट भएका छन । आगलागीकै कारण इटहरी उपमहानगरमा एक साता सम्म इन्टरनेट अवरूद्ध हुन सक्ने कर्मचारीहरूले बताएका छन ।

आइतबार अचानक भवनकाे माथिल्लाे भागदेखि धुवाकाे मुस्लाे बाहिरिएपछि आगलागी भएकाे स्थानियले थाहा पाएका थिए । तत्काल इटहरी उपमहानगरकाे वारूणयन्त्र , प्रहरी र स्थानियकै सकृियतामा आगाेलाइ नियन्त्रणमा लिएपछि ठुलाे क्षती हुन नपाएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।  

Comments

सम्बन्धित खवर