•  १ जेष्ठ २०८१, मंगलवार
  •  4:18:36 PM

बेलबारीबाट सुनकाे सिक्रि चाेरी गरेकाे आरोपमा दुइजना पक्राउ

- कार्तिक ५, २०७९ मा प्रकाशित


 इटहरी । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का १९ वर्षीय मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका १ लेगुवा बस्ने २२ वर्षीय हेम वहादुर बस्नेत रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनीहरूले असोज ३० गते राती १ बजे सुन्दरहरैचा नगरपालिका वडा नं.–४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी राखी सोही गाडीमा सुति रहेका चालक राम वहादुर गिरीका सुनको सिक्री सुनको ब्रासलेट चोरी गरेको आरोप छ ।

गिरीको जाहेरीको आधारमा प्रहरीले अनुस्न्धान गर्दा घटनामा संलग्नलाई बिहीबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई इप्रका बेलबारीले मोरङ अदालतबाट डाका मुद्दामा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

सम्बन्धित खवर