•  ३१ बैशाख २०८१, सोमबार
  •  3:53:48 AM

आज ( शनिबार ) देखि नै सुरु भयाे यमपञ्चक

- कार्तिक ५, २०७९ मा प्रकाशित


इटहरी । यमपञ्चक आज (शनिबार)देखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ ।  त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।  बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । 

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि शनिबार नै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ ।

Comments

सम्बन्धित खवर