•  १ जेष्ठ २०८१, मंगलवार
  •  7:54:39 PM

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

- कार्तिक ५, २०७९ मा प्रकाशित


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ९ बजे गिट्टी लोड गरेर उदयपुरको सिद्रे तर्फ जाँदै ट्याक्टर दुर्घटनामा परेको थियो । 

प्रदेश २–०१–००१ त १०३३ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ बर्षिय विकाश राई घाइते भएका थिए । घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Comments

सम्बन्धित खवर