•  २३ बैशाख २०८१, आईतवार
  •  3:04:01 PM

किरात  राई  बान्तवा खिम बेलायतकाे प्रथम सम्मेलन : युगराजकाे नेतृत्वमा नया समीती चयन 

- कार्तिक १, २०७९ मा प्रकाशित


इटहरी । किरात राई बान्तवा खिम बेलायतकाे प्रथम सममेलन भब्य रूपमा सम्पन्न भएकाे छ । भेलाले युवराज बान्तवाकाे अध्यक्षतामा १३ जनाकाे नउाँ कार्यसमीती चयन गरेकाे छ ।

गत अशाेज ३० गते सम्पन्न भेलाले चयन गरेकाे उपाध्यक्षमा किसन राई , सुरेश  राई,सचिवमा ध्रुव राधुन राई , सहसचिव नेत्र राई ( एन वान्तवा ) काेषाध्यक्षामा माधुर्यवती राइ , सहकाेषाध्यक्ष मनीकला राई रहेका छन ।त्यस्तै समीतीका सदस्यहरूमा भविन्द्र राई,स्याम सामसाेङ राई, प्रकाश नुमिहाङ,गाेविन्द राई लगायत चयन भएका छन ।

कार्यक्रम किरात  राई  बान्तवा खिम बेलायत अन्तरगत तदर्थ समीतीका अध्यक्ष क्या.ढुण्डीराज राईकाे सभापतित्व र पूर्व सभासद तारादेवि राइकाे प्रमुख अतिथ्यमा सम्पन्न भएकाे थीयाे । 

कार्यक्रममा   किरात  राई  बान्तवा खिम बेलायतका सांस्कृतिक मुन्दुमी माङपा गाैरीप्रशाद राई ,जय बहादुर राई , किरात  राई यायाेक्खा बेलायतका पूर्व अध्यक्ष कल्पना   राई, सचिव सुशिला   राई, भाेजपुर सेवा समाजका अध्यक्ष सुदेश   राई लगायतले सुभकामना मन्तब्य राखेका थिए । 

Comments

सम्बन्धित खवर