•  ३ जेष्ठ २०८१, बिहीबार
  •  7:33:52 AM

इटहरीबाट १३ जना सडक मानवकाे उद्धार , मध्यरात सम्म चल्याे अभियान, शहरलाई सडक मानवमुक्त बनाउछाै – मेयर पाैडेल

- कार्तिक १, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरीलाइ सडक मानव मुक्त बनाउने अभियानलाइ सफल बनाउन इटहरी उपमहानगरले एकै दिन १३ जनाकाे उद्धार गरेकाे छ ।साेमबार मध्यरातकाे १२ बजे सम्म उपमहानगरले १२ जना पुरूष र एक महिला गरी १३ जना सडक मानवहरूकाे उद्धार गरेकाे हाे ।

इटहरी क्षेत्रमा रहेका बिभिन्न सामाजिक संस्था, प्रहरी प्रसाशन  , नागरिक समाज र उपमहानगर  संयन्त्रकाे उपस्थितीमा सडकमानवहरूकाे उद्धार गरिएकाे हाे ।उद्धारका क्रममा उपमहानगरका मेयर हेमकर्ण पाैडेल स्वयमले सडक मानवहरूसंग भेट गरी उनिहरूकाे चालचलन , लगायत अन्य बिवरणहरू साेध्नुकासाथै उचित परामर्स पनि दिएका थिए ।

लामाे समयदेखि सडकमा पैदलयात्रिहरूसंग भिक्षा माग्दै बसेका , भाैतारीएर अलपत्र परेका १३ जना सडक मानवहरूलाइ इटहरीकाे बिभिन्न चाैक तथा राजमार्गबाट उद्धार गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र खडकाले बताए । उद्धार गरिएका मध्ये १२ जना पुरूषलाइ बिराटनगरस्थित मानव आश्रम एक महिलालाइ इटहरीस्थित माया घर नेपालकाे शरणमा राखिएकाे छ ।

पछिल्लाे समय इटहरीलाइ सडकमाव मुक्त बनाउने भनि माया घर नेपालले अभियाननै चलाउदै आएकाे छ । यहि अभियानलाइ साथ दिदै इटहरी उपमहानगरले सडक क्षेत्रमा रहेका मानवहरूकाे उद्धारसंगै उचित व्यवस्थापन गर्ने गरी कार्यक्रम अघि बढाएकाे इटहरी उपमहानगरका मेयर हेमकर्ण पाैडेलले बताए ।इटहरी क्षेत्रलाइ अब सडक मानवमुक्त बनाउने अभियानमा स्थानिय सरकार कटिवद्ध भएर लाग्नेछ उनले भने ।

उद्धार कार्यक्रममा इटहरी नागरिक समाजका अध्यक्ष राजु केशी , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी खगेन्द्र खडका , मानव आश्रम बिराटनगरका प्रतिनिधी , हाेटल व्यवसायी , लगायत अन्य व्यवसायीहरूकाे पनि उपस्थिती रहेकाे थियाे । उद्धार गरिएका सडक मानवहरूलाइ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केहि समय चर्चा र छलफल पनि भएकाे थियाे । 

Comments

सम्बन्धित खवर