•  २ जेष्ठ २०८१, बुधबार
  •  12:24:00 PM

झापाको बिर्तामोडमा दुर्घटना, दुई जनाको मृत्यु

- कार्तिक १, २०७९ मा प्रकाशित


इटहरी । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईवटै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ अनिश साउँदेन् र सोही गाउँपालिका वडा नं ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ बर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो ।

उनीहरुको बिएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ बर्षिया चन्द्रकला भुजेल र ९ बर्षिया छोरी प्रशन्ना भुजेल घाईते भएका छन । उनीहरुको बिर्तासिटी अस्पतालमा विर्तामोडमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित खवर