उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित
- आश्विन ३१, २०७९ मा प्रकाशित
उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन । उद्योगमा कार्यरत मजदुरहरुको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ ।
उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराऊपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनितिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनितिक खिचातानी तथा कच्चा पदार्थ अभावका कारण बन्द हुनेछ ।
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ । कोइला अभाब झेल्दै आएको उद्योग सञ्चालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो । कोइला अभावमा असोज ९ गतेबाट सञ्चालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभाबमा बन्द हुन पुगेको हो । योसँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments