धनकुटामा गुडिरहेको भ्यानमा लाग्यो आगो
- आश्विन ३१, २०७९ मा प्रकाशित
धनकुटा । धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगो लागेको छ ।तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान २ः२० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जानकारी दिएका छन् । गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको शर्माको भनाई छ ।
गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । गाडीमा सवार दुई यात्रु भने सकुशल छन् । १० दिनको फरकमा गाडीमा आगलागी भएको यो दोस्रो घटना हो । यसअघि गत असोज २१ गते पनि भेडेटार नजिकै यात्रुबाहक बसमा आगलागी भएको थियो ।
यता चौबिसे गाउँपालिका–७ ठूलढुंगास्थित महेन्द्र लिम्बूको घरमा आइतबार आगलागी भएको छ । बालबालिका खेल्ने क्रममा आगो चलाउँदा अपराह्न ३ बजे घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई तले कच्ची घर पूर्णरुपमा क्षति भएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments