•  २ जेष्ठ २०८१, बुधबार
  •  9:18:48 AM

अदालतले रिट खारेज गरेपछि गच्छदारलाई चुनाव लड्ने बाटो खुल्यो

- आश्विन ३१, २०७९ मा प्रकाशित


 इटहरी । नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमाले छाडेका स्वतन्त्र उम्मेदवार प्रभु साहसहित प्रतिनिधि सभा र प्रदेश सभाका ९ उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाले आइतवार काठमाडौंका अनिल आचार्यसहितले निर्वाचन आयोगसहित उम्मेदवारहरुविरुद्ध हालेको रिट खारेज गरिदिएसँगै गच्छदारलाई सुनसरी ३ र साहलाई रौतहट ३ मा चुनावी प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

गच्छदार, मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ का स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहको उम्मेदवारी खारेज गर्न माग गर्दै अधिवक्ता आचार्य लगायतले रिट दायर गरेका थिए ।

चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ ९क० का एमाले उम्मेदवार डिबी तामाङ भन्ने युद्धविक्रम तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख) का माओवादी उम्मेदवार गगन पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गरिएको थियो ।

कांग्रेसले उम्मेदवार बनाएका गच्छदार विशेष अदालतमा भ्रष्टचार मुद्दा खेपिरहेका छन्। टेकबहादुर गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ । यस्तै कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पनि भ्रष्टचारमा दोषी ठहर भएका व्यक्ति हुन् ।

Comments

सम्बन्धित खवर