•  ३ जेष्ठ २०८१, बिहीबार
  •  6:46:00 AM

नेपाल फर्कदै सन्दीप, असोज २० गते आत्मसमर्पण गर्ने

- आश्विन १६, २०७९ मा प्रकाशित


काठमाडाै ।  बलात्कार आरोप लागेपछि फरार भएका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने भएका छन् । सामाजिक सञ्जाल मार्फत उनले नेपाल फर्किएर असोज २० गते आत्मसमर्पण गर्ने बताएका हुन् । किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि उनी विदेशमै लुकेर बसेका छन् । लामिछानेले शनिबार बिहान वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसमर्पण गर्ने बताए ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।आफू निर्दोष भएको बताउँदै उनले चाँडै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए ।

Comments

सम्बन्धित खवर