•  ३ जेष्ठ २०८१, बिहीबार
  •  8:32:03 AM

झापा मेचिनगरका बिजयलाइ आइलाग्याे दशैंकाे मुखमा दशा : आगलागीमा घर र पशल दुवै जले

- आश्विन १५, २०७९ मा प्रकाशित


झापा । शुक्रबार झापा मेचीनगर नगरपालिका – ६ कालीमन्दिरका विजय राजवंशीको घरमा आगलागी भएको छ ।आगलागीमा परी घरधनी विजय घाइते भएका छन् । पसल समेत रहेको ४ कोठे पक्की जलेको छ । आगलागीका कारण १७ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेका राजवंशीले प्रहरीले भने भन्दा धेर क्षति भएको दाबी गरे । स्वास्थ्य केन्द्र लगिएको थियो । खाना पकाउने ग्यास चुहिएर आगलागी भएको हो । 

आगलागीबाट एउटा मोटरसाइल, फ्रिज, लत्ताकपडा, फर्निचरका सामान, साइकल, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएका छन् ।  मेचीनगर नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएको जनाइएको छ।

Comments

सम्बन्धित खवर