•  २३ बैशाख २०८१, आईतवार
  •  6:41:50 PM

सङ्खुवासभाकाे खाँदबारीमा नकावधारीको आक्रमण, तीन जना घाइते : पशल लुटने याेजना असफल 

- भाद्र १५, २०७९ मा प्रकाशित


सङ्खुवासभा / मंगलबार बिहान करिब २ बजेको समयमा नकावधारीको आक्रमणबाट सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ३ को मानेभञ्ज्याङमा तीन जना घाइते भएका छन् । मानेभञ्ज्याङ बजारमा पसल गरी बस्ने धराने साहु परिवारका ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खाँदबारीका प्रहरी निरीक्षक सरोज खनाले जानकारी गराएका छन् ।

नकावधारीहरु ३ जनाको समुहमा रहेको र उनीहरुले टाउको खुट्टा लगायत शरीरका विभिन्न भागमा आक्रमण गरेको खुल्न आएको छ । नकावधारीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको प्रनि खनालले बताए ।

घाइतेहरु करिब २८ बर्षका सन्दिप भगत, ३७ बर्षकी तारादेवी श्रेष्ठ र ६२ बर्षकी निता श्रेष्ठलाई उपचारार्थ जिल्ला अस्पताल खाँदबारी लगिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आक्रमणकारीले पसलमा चोरी गर्ने उद्देश्य राखि मूलढोकाको ताला फुटाएको र अर्को ढोकामा प्रहार गरिरहेको अवस्थामा पसलधनीले थाहा पाएर होहल्ला गर्दा उनीहरुमाथि आक्रमण भएको वताइएको छ । धराने परिवारका छिमेकीहरुले समेत घटना थाहा पाएर होहल्ला गरेपछि आक्रमणकारी फरार भएको प्रनि खनालले बताए ।

Comments

सम्बन्धित खवर