•  २३ बैशाख २०८१, आईतवार
  •  9:22:41 PM

इटहरी सरकारमा मेयर हेमकर्णकाे १०० दिन : ६ उपलब्धी ,बैठक लाइभ देखि राजमार्गमा नाे पार्किङ सम्म

- भाद्र १५, २०७९ मा प्रकाशित


इटहरी । इटहरी उपमहानगरमा मेयर हेमकर्ण पाैडेल निर्वाचित भइ कार्यभार सम्हालेकाे बुधबार १०० दिन पुरा भएकाे छ । गत बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनबाट पाैडेल इटहरी उपमहानगरकाे मेयर पदमा निर्वाचित बनेका थिए ।जेस्ठ ९ गते सपथ ग्रहण पश्चात कार्यभार सम्हालेका उनले बुधबार सम्म आइपुग्दा १०० दिन पुरा गरेका हुन । कार्यभार सम्हालेकाे १०० दिन पुरा हुदा उनले नगरवासिहरूमा अनुभुती हुने ६ वटा प्रभावकारी काम गरेर देखाएका छन ।

मेयर पदमा निर्वाचित भइ कार्यभार सम्हालेकाे पहिलाे दिननै उनले ५ वटा बुदागत निर्णय सार्वजनिक गरेका थिए ।  इटहरीकाे थारू समुदायलाइ पहिलाे जातीकाे रूपमा घाेषणा गर्दै काम सुरू गरेकाे मेयर पाैडेलले अन्तत १०० दिन पुरा हुदा ६ वटा प्रभावकारी काम गरेका हुन । उनले इटहरीकाे मुख्य राजमार्गमा ट्राफिक लाइट जडान गर्ने विषयमा प्रदेश सरकारसंग प्रभावकारी भुमिका निर्वाह गरेका छन जुन लाभदायक बनिन पुगेकाे छ ।

उनले इटहरीमा नगरवासिहरूले अनुभुति गर्ने कामहरूमध्ये ६ वटा निकै प्रभावकारी देखिएका छन । जसमा इटहरी अस्पताल व्यवस्थापन संगै ल्याव सेवा थप , जनताकाे गुनासाे सुन्न कल सेन्टरकाे स्थापना , उपमहानगरका सबै सवारी साधनहरूमा जिपिएस जडान , समयमै काम नसक्ने ठेकेदारहरूलाइ कार्वाहिकाे दायरामा ल्याउने कामकाे सुरूवात , इटहरीकाे मुख्य राजमार्ग देखि ३०० मिटर सम्म नाे पार्किङ नीति कार्यानवयन रहेका छन ।

त्यस्तै उपमहानगरकाे स्वागत गेटमा डिजिटल बाेर्ड जडान मेयर पाैडेलले पारदर्शिता कायम गर्न कार्यपालिकाकाे बैठकलाइ प्रत्यक्ष प्रसारण गरेर निर्वाचन अघि बाेलेकाे कुरालाइ पुरा गरेका छन । त्यस्तै ग्रामिण भेगमा स्वास्थ्यकाे पहुच नपुगेका नागरिकहरूलाइ निशुल्क स्वास्थ्य बिमा गराइ इटहरी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गरेका छन ।

त्यस्तै अरूबेला रातकाे ९ नबज्दै बन्द हुने इटहरीका हाेटल व्यवसायहरूलाइ राती ११ बजे सम्म सञ्चालनमा ल्याएर अर्काे उपलब्धी कायम गरेका छन । वर्षेणी डुबानमा परिरहने इटहरीलाइ डुबानमुक्त बनाउन प्रारम्भिक सम्भाब्यता अध्यन तथा नेपाल सरकारकाे माथील्लाे निकाय एवम अन्तराष्ट्रिय दातृ निकायहरूसंग आवस्यकिय बजेट माग गरेका छन । मेयर पदमा निर्वाचित भइ १०० दिन पुगेपनि उपमहानगर अन्तरगत नगर प्रमुखकाे सचिवालय वा मेयर आफैले पनि १०० दिने प्रगती बिवरण भने सार्वजनिक गरेका छैनन ।

मेयर पदमा निर्वाचित भइ कार्यभार सम्हालेकाे पहिलाे दिननै उनले ५ वटा बुदागत निर्णय सार्वजनिक गरेका थिए ।  इटहरीकाे थारू समुदायलाइ पहिलाे जातीकाे रूपमा घाेषणा गर्दै काम सुरू गरेकाे मेयर पाैडेलले अन्तत १०० दिन पुरा हुदा ६ वटा प्रभावकारी काम गरेका हुन । उनले इटहरीकाे मुख्य राजमार्गमा ट्राफिक लाइट जडान गर्ने विषयमा प्रदेश सरकारसंग प्रभावकारी भुमिका निर्वाह गरेका छन जुन लाभदायक बनिन पुगेकाे छ ।

उनले इटहरीमा नगरवासिहरूले अनुभुति गर्ने कामहरूमध्ये ६ वटा निकै प्रभावकारी देखिएका छन । जसमा इटहरी अस्पताल व्यवस्थापन संगै ल्याव सेवा थप , जनताकाे गुनासाे सुन्न कल सेन्टरकाे स्थापना , उपमहानगरका सबै सवारी साधनहरूमा जिपिएस जडान , समयमै काम नसक्ने ठेकेदारहरूलाइ कार्वाहिकाे दायरामा ल्याउने कामकाे सुरूवात , इटहरीकाे मुख्य राजमार्ग देखि ३०० मिटर सम्म नाे पार्किङ नीति कार्यानवयन रहेका छन ।

Comments

सम्बन्धित खवर