•  २३ बैशाख २०८१, आईतवार
  •  2:44:28 PM

नाे पार्किङ पछिकाे इटहरी : घरभित्रै थन्किए निजी सवारीसाधन : बैंकका शाखा र व्यवसाय प्रभावित

- भाद्र १४, २०७९ मा प्रकाशित


इटहरी । इटहरीको मुख्य राजमार्ग देखि ३०० मिटरको दुरीसम्म नो पार्किङ नीति ल्याएपछि प्रभावकारी ढंगले कार्यानवयन गर्न माग गरिएको छ । नो पार्किङको पहिलो दिन इटहरीको मुख्य चौकमा मंगलबार बिहानै देखि ट्राफिक प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । प्रहरीले निषेध गरिएको स्थानमा कुनै पनि सवारी साधनहरू पार्किङ गर्न दिएको छैन ।

बिगतका दिनहरूमा जथाभावि पार्किङले कुरूप बनेको इटहरी अहिले परबाटै फराकिलो देखिन थालेको छ । इटहरीको चारै दिशामा अहिले नो पार्किङको बोर्ड लगाइएको छ भने राजमार्ग संगै जोडेर बनाइएका घर धनीहरूले पनि सवारीसाधन भित्रै थन्काएर राखेका छन । इटहरीको तिन सय मिटरका क्षेत्रहरूमा पार्किङ निषेध गरेपछि यसको प्रत्यक्ष असर भने मुख्य चौकमा रहेका बैंकका शाखा , ठुला सपिङ कम्प्लेक्स र फाट्ट फुट्ट व्यवसायहरूमा देखिएको छ ।

 

बैंकिङ कर्मचारी देखि सेवाग्राहिहरू सम्मले तोकिएको क्षेत्रमा पार्किङ गर्न नपाएपछि त्यसको बिकल्प खोज्न  सम्बन्धित निकायसंग माग गरेका छन । यता राजमार्ग संग जोडिएका ठुला भवन तथा सपिङ कम्प्लेक्स सञ्चालकहरूले पार्किङ स्थलको बिकल्प आफैले खोज्नुपर्ने इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताएका छन ।

सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ अनुसारको नीति कार्यानवयन तर्फ आफु अग्रसर रहेको बताए । मंगलबार उपमहानगर परिषरमा सर्वपक्षीय बैठक बोलाइ मेयर पौडेलले मुख्य राजमार्ग क्षेत्रदेखि ३०० मिटर समम कुनैपनि सवारीसाधनहरू पार्किङ गर्न नदिन निर्देशन जारी गरेका थिए । 

Comments

सम्बन्धित खवर