•  ३ जेष्ठ २०८१, बिहीबार
  •  10:55:31 AM

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

- भाद्र ५, २०७९ मा प्रकाशित


इटहरी ।  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा कारले ठक्कर दिँदा शनिबार राति एक जना पुरुषको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९६७३ नम्बरको कारले राति ८ः ४५ बजेतिर ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको हो । आन्दाजी ४०/४२ वर्षीय मृतकको पहिचान खुलेको छैन । 

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि दमक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घाइतेलाई ठक्कर दिने कारमै राखेर उपचारका लागि लगिएको थियो । 

कार चालक मोरङ बेलबारी नगरपालिका–११ का ३९ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । पैदलयात्री अचानक सडकमा निस्कँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर