•  ३ जेष्ठ २०८१, बिहीबार
  •  5:57:11 PM

चेली बेचेकाे आरोपमा दुइ नेपाली नेता भारतीय प्रहरीकाे नियन्त्रणमा

- भाद्र ५, २०७९ मा प्रकाशित


जनकपुरधाम ।  मानव तस्करीको आरोपमा दुई नेपाली नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतासहित दुई जनालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने लोसपा नेपालका नेता अमर पंजियार र परिचय खुल्न नसकेका अर्का एकजनालाई पक्राउ गरेको भारतीय सिमा सुरक्षा बलले जनाएको छ ।उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ रहेको ४८ औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरूले पक्राउ गरेका हुन् । 

बा २१ च ७१२८ नम्बरको गाडीमा ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई भारतीय एसएसबीका जवानले नियन्त्रणमा लिएका थिए । शंकाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

नाबालिकालाई भने हरलाखी थानास्थित भारतीय प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुले ती बालिकालाई काम लगाउन भारतको विहारस्थित मधुवनी जिल्लाको बाँसोपट्टी गाउँबाट आफ्नो घर लगिरहेको चाइल्ड लाइन सब सेन्टर जयनगरकी सबिता देवीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर