•  ३ जेष्ठ २०८१, बिहीबार
  •  9:56:46 PM

गिरीको निधनप्रति काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

- भाद्र ५, २०७९ मा प्रकाशित


काठमाडाै । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले  एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।सचेतक विश्वकर्माले स्वर्गीय गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि  आइतबार बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर राखिने जानकारी दिनुभएको छ ।

पार्टी संसदीय दलका अनुसार बिहान ११ः०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

Comments

सम्बन्धित खवर