•  ३ जेष्ठ २०८१, बिहीबार
  •  11:45:22 AM

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु, पदाधिकारी टुंगो लगाइँदै

- भाद्र ३, २०७९ मा प्रकाशित


काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।यसअघि हिजो (बिहीबार) बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो। तर बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भन्दै बिहीबार अपराह्न ४ बजेलाई सारिएको थियो।

यही समयमा बहुचर्चित नागरिकता विधेयकको पक्षमा मतदानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सांसदहरु संसद भवन पुग्न परेपछि बैठक स्थगित गरिएको थियो। आजको बैठकमा माओवादी पदाधिकारी टुंगो लगाइने नेताहरुले बताएका छन्। यद्यपी अहिलेसम्म कसलाई के जिम्मेवारी भन्ने खुलेको छैन्।

Comments

सम्बन्धित खवर