•  ३ जेष्ठ २०८१, बिहीबार
  •  10:26:03 PM

बालेन्द्र र हर्क बिच रातभरी फेशबुकमा दाेहाेरी , हर्कको ‘काउन्टर रिप्लाइ’: मुख बजाउन छोडेर पाखुरा बजाऊ” भनेपछि बालेन्द्रकाे बाेल्ती बन्द

- भाद्र २, २०७९ मा प्रकाशित


 इटहरी । केही दिनअघि धरान उपमहानगरका मेयर हर्कराज राई काठमाडौं आएका थिए । काठमाडौं आएदेखी नै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई लक्षित गरी व्यंग्यात्मक पोस्ट गर्दै आएका छन् ।

बुधबार राति मेयर राईले ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे !’ भन्दै फेसबुकमा पोस्ट गरे । बालेनलाई लक्षित गरी लेखिएको व्यंग्यात्मक पोस्टको कमेन्टमा  बालेनले ‘काउन्टर रिप्लाइ’ दिदै ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ भनेर लेखेका थिए ।

दुवै जना स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मेयरहरुले एकअर्का प्रती लक्षित गरी गरेका व्यंग्यात्मक पोस्टले सामाजिक सञ्जाल तातिएको छ ।  बालेनको कमेन्टपछी मेयर हर्कराज राई ‘काउन्टर रिप्लाइ’ दिदै लेखेका छन्, ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’ 

फेसबुक प्रयोगकर्ताहरूले यो पोस्टको विरोध गरिरहेका छन्। तर पोस्ट गरेको केही मिनेटमा, मेयर राईले अर्को पोस्ट गरे। जहाँ उनले लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन, मुख बजाउन छोडेर पाखुरा बजाऊ नालायक हो ।’

Comments

सम्बन्धित खवर