•  ३ जेष्ठ २०८१, बिहीबार
  •  8:48:40 PM

सुन्दरहरैंचाकाे बेलेपुरमा आगलागी, घरभित्रै जलेर पुरुषको मृत्यु

- भाद्र २, २०७९ मा प्रकाशित


इटहरी । मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।सन्दरहरैचाको बेलपुरमा गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनि मजदुर हुन ।

प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्न त्यहीँ बस्ने गरेका थिए ।विद्युत सर्ट भएर आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ । आगलागीको क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर