•  ३ जेष्ठ २०८१, बिहीबार
  •  12:45:38 PM

निर्वाचन नजिकिएसँगै ओलीको झापा आउजाउ बाक्लियो, ३ दिन बस्नेगरी आज झापा आउँदै

- भाद्र २, २०७९ मा प्रकाशित


इटहरी । प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापा भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चार दिन बसेर काठमाडौं फर्केका उनी आजदेखि फेरि तीनदिन बस्ने गरी झापा आउँदै छन् । ओलीले आज ११ बजे दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छन् ।

एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका अनुसार अध्यक्ष ओलीले झापा–३ को बनियानीमा आयोजना हुने कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । 

त्यस्तै ओली बेलुका आफ्नो निर्वाचन क्षेत्र दमकमा आएर बस्नेछन् । ३ गते विहान चुलाचुलीको पार्टी प्रवेशमा सहभागी भएर उनले झापा ५ का विभिन्न समुदायलाई अलगअलग भेटघाट गर्नेछन् । गत साउनको ११ देखि १४ गतेको झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई पनि समय दिनेगरी कार्यक्रम तय गरिएको छ । 

यसैगरी ३ गते नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समूहसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्नेछन् । उक्त दिन पनि दमकमै बास बस्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

भदौ ४ गते विर्तामोड इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरेपछि दोस्रो कार्यक्रम अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन गर्ने र उद्योगी व्यवसायीको जिल्ला भेलामा सम्बोधन गरेर काठमाडौ फर्कने कार्यक्रम तय भएको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर