•  ३ जेष्ठ २०८१, बिहीबार
  •  6:52:19 PM

३० लाख नगद र सुनका गहनासहित सर्लाहीबाट दुई युवक पक्राउ

- भाद्र १, २०७९ मा प्रकाशित


सर्लाही । सर्लाहीको बरहथवाबाट प्रहरीले स्रोत नखुलेको नगद र सुनका गहनासहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ घर भइ हाल काठमाडौं बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको दुवाकोट घर भएका ३१ वर्षीय विशाल खत्री छन्।

उनीहरुको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ नगद र १९ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरका सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले जानकारी दिए।

मंगलबार प्रदेश २–०३३ प ७७५० नम्बरको मोटरसाइकलमा नयाँ रोडबाट हिरापुरतिर जाँदै गर्दा बरहथवा नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी प्रहरीले सर्लाहीको ब्रम्हपुरीबाट एक लाख ३० हजार रुपैयाँ मूल्य बराबरको मदिरासहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ। 

बीआर ३० वाई ६७३१ र बीआर ३० क्यु २२५५ नम्बरको भारतीय मोटरसाइकलमा मदिरा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा सर्लाहीको ब्रहमपुरी गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा भारतको सीतामढी ग्राम पञ्चायत डुमरा–१० घर भएका २५ वर्षीय मो.वली युल्लाह र सोही ठाउँका २६ वर्षीय मो.मुखतर आलम छन्। उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित खवर