•  २३ बैशाख २०८१, आईतवार
  •  1:09:10 AM

श्रीमान प्रहरीकाे हाकिम भनेर थर्काउने , श्रीमती फेशबुकबाट मान्छे फसाउने : भाग्ने याेजना बनाउदा बनाउदै पक्राउ

- श्रावण १५, २०७९ मा प्रकाशित


काठमाडौं । बालकोट बस्दै आएको दम्पती पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट ‘हनी ट्र्याप’ मा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।सोलुखुम्बु नेचासल्यान गाउँपालिकाका–३ घर भई भक्तपुर, बालकोट बस्दै आएका श्रीमान–श्रीमती पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २४ वर्षीय शेखर बाँस्तोला र २० वर्षीया रोजिना राउतलाई पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले यसको पुष्टि गर्नुभयो ।

प्रहरीले उनीहरूलाई बिहीबार बानेश्वरबाट नियन्त्रणमा लिएको हो । अरूाई फसाउन उनीहरू योजनावद्ध तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्थे । सामाजिक सञ्जालको प्रयोग गरी पीडितलाई सम्पर्क गर्ने गरिएको थियो । त्यसपछि ती व्यक्तिहरूलाई फोन गरेर झूटा मुद्दामा फसाउने धम्की दिन्थे ।

फसाउने भम्की दिएर रकम असुल्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । सामाजिक सञ्जालमार्फत् महिलाहरू परिचालन गरेर फोनको आदानप्रदान गरी पीडितहरूलाई फसाउने गरेको आरोप छ । अर्कोतिर शेखरले आफूलाई साइबर ब्यूरोका प्रहरी निरीक्षक बताउने गरेका थिए ।

Comments

सम्बन्धित खवर