•  २३ बैशाख २०८१, आईतवार
  •  8:16:04 PM

चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पृथ्वीमै खस्याे , मानव वस्तीमा खस्ने खतरा टर्याे

- श्रावण १५, २०७९ मा प्रकाशित


एजेन्सी । शनिबार चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ। चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च ५को अवशेष पुनः पृथ्वीमा खसेको हो। यद्यपि उक्त रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले बताएको छ।

यसअघि अन्तरिक्ष जानकारहरुले यो रकेट  मानव बस्तीमा खस्ने सम्भावना निकै कम रहेको बताएका थिए। अनियन्त्रित भएर रकेट खसेको विषयले अन्तरिक्ष फोहोरबाट प्रश्न उठेको थियो।चीनले आफ्नो अन्तरिक्ष स्टेसन टियाङगोङको काम पूरा गर्न उक्त रकेट पठाएको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सीले भने चिनियाँ अन्तरिक्ष एजेन्सीले यस विषयमा आवश्यक विवरणहरु साझा नगरेको आरोप लगाएको छ।पुनः पृथ्वीमै फर्किँदा मानव बस्तीमा खस्न सक्ने सम्भावनाबाट बचाउन सकिने भएकाले यस्ता सूचनाहरु साझा गर्नुपर्ने नासाले बताएको छ। 

Comments

सम्बन्धित खवर