•  २३ बैशाख २०८१, आईतवार
  •  7:23:35 PM

इटहरीकाे हाेटलमा किशाेरी बलात्कृत : रामधुनीका छत्रबहादुर पक्राउ

- श्रावण १३, २०७९ मा प्रकाशित


इटहरी । बिवाहको प्रलोभन देखाएर इटहरीको एक होटलमा युवती बोलाएर जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका ४ का ३४ वर्षिय छत्रबहादुर खड्कालाइ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार रामधुनी ४ कै २७ वर्षिया युवतीलाइ बिवाहको प्रलोभन देखाएर पटक पटक करणी गरेको पिडित परिवारले उजुरी दिएपछि छत्रबहादुर पक्राउ परेका हुन ।

चाडै बिवाह गर्ने प्रलोभन देखाएर इटहरीको तिरूपति होटलमा बोलाइ युवतीमाथी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । सोहि उजुरीको आधारमा प्रहरीले छत्रबहादुरलाइ  बिहीबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका खड्कामाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर