•  २३ बैशाख २०८१, आईतवार
  •  4:24:20 PM

ढुंगाेले बचायाे कांग्रेस उपसभापति गुरूङकाे ज्यान : भिरबाट झरिसकेकाे स्कारपियाे यसरी अडकियाे

- असार १६, २०७९ मा प्रकाशित


इटहरी ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ।ओखलढुङ्गाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडी बिहीबार दुर्घटनामा पर्नबाट जाेगिएकाे हाे ।

ओखलढुङ्गाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै गर्दा रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।

उपसभापति गुरुङले गाडी अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिए। उनले फेसबुकमा लेखेका छन्, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो । तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठूलो घटना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुशल छौं।’कांग्रेस नेता रत्न कार्कीका अनुसार स्कर्पियोमा उपसभापति गुरुङ, सानोबाबु महर्जन र उनी सवार थिए।

Comments

सम्बन्धित खवर