•  २३ बैशाख २०८१, आईतवार
  •  12:32:00 AM

ताेलामा तिन सयले घट्याे सुनकाे भाउ : आजकाे बजार भाउ कति ?

- असार १६, २०७९ मा प्रकाशित


इटहरी । सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैंयाँले घटेर ९७ हजार ५०० रुपैंयाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैंयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैंयाँले घटेर एक हजार २३५ रुपैंयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Comments

सम्बन्धित खवर