•  २३ बैशाख २०८१, आईतवार
  •  1:19:46 AM

मेयर हुन त हेमकर्ण जस्तो : नागरिकको घरमा बाढि पस्यो भन्नासाथ कार्यक्रम छाडेर उद्धारमा जुटे 

- असार १६, २०७९ मा प्रकाशित


इटहरी । बाढि यो वर्ष मात्र आएको हैन , इटहरी यो वर्ष मात्रै डुबानमा परेको पनि हैन र नगरवासिलाइ यहि वर्ष मात्रै  पानीको भेलले सताएको हैन । वर्षा यामको बेला इटहरी वर्षौदेखि डुबिरहेकै छ । यो सबैलाइ जानकारी भएकै बिषय हो तर असार १५ गते भने अनौठो दृस्य देखिन पुग्यो । राष्ट्रिय धान दिजशको अवसर पारेर इटहरी स्थित एक संस्थाले औपचारिक कार्यक्रम गर्यो जसको प्रमुख अतिथि थिए इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल । 

सबैको स्वागत सम्मान पछि समय छोट्याउदै अतिथिहरूलाइ बोल्ने पालो दिदै गर्दा कार्यक्रमको बिचबाटै प्रमुख अतिथी मेयर पौडेर उठेर हिडे ।यो दृस्य निकै दुर्लब थियो किन उठेर हिडे कारण जो कोहिलाइ जान्नु थियो । 

नेपाली दौरा सुरूवालमा सजिएर आएका मेयर कार्यक्रममा आफ्नो सान्दर्भिक भनाइहरू राख्नै नपाइ बिचबाटै उठेर हिडिदिदा जो कोहिको पनि ध्यान त्त्यतै खिचिन पुगेको थियो ।मेयर पौडेल संगै आएका ब्याक्तिले गाउमा बाढि पस्यो अनी हिडनुभएको हो भनी जानकारी गराएएपछि उनको चर्चा क्षणभरमै एक कान दुइ कान हुदै मैदान बन्यो ।   कार्यक्रममा रहदा उनलाइ एउटा फोन आयो इटहरी ५ सिमरवना वस्तीमा बाढी पस्यो धेरै घरहरू डुबानमा परे , नभन्दै बाढी सिमरवनाका अधिकांस घरहरूमा छिरिसकेको थियो । 

मेयर पौडेलले कार्यक्रमस्थलबाट लगाएको प्रमुख अतिथिको ब्याज पनि खोल्न नभ्याइ जुत्ता एकातिर फालेर तत्काल स्थानियहरूको उद्धारमा जुटे । यस भन्दा अघाडिका जनप्रतिनिधिहरू बाढि पसिसकेपछि मात्रै अवलोकन गर्न आएका देखिन्थे तर पौडेल मेयर बने लगत्तै यसरी पानीमा भिज्दै उदधारमा जुटेको दृस्य भने पहिलो पटक देख्न पाएको सिमरवनाका स्थानियहरूले बताउछन । 

मेयर पौडेलले त्यस क्षेत्रमा स्थानीयहरूको घर घरबाट सामान समेत बोकेर सार्ने काम गरेका थिए उनले उपमहानगरमा रहेका संयन्त्रहरूलाइ परिचालन गरी बाढि प्रभावित क्षेत्रहरूमा तत्काल राहत उपलब्ध गराउन सम्बन्धित संघ संस्थाहरूलाइ अनुरोध पनि गरे । यता असार १६ गते बिहानै देखि घाम लाग्न थालेपछि बाढि प्रभावित क्षेत्रहरूमा पानीको बहाव कम हुदै गएको देखिएको छ । सुकमारी खोलामा पानीको बहाव उच्च भइ बाढि बनेर सिमरवनाका बस्ति प्रवेस गरेको थियो अहिले सो खोलामा पानिको बहाव क्रमश घटे संगै बस्तिमा पनि बाढीको जोखिम कम हुदै गएको छ । 

Comments

सम्बन्धित खवर