•  २३ बैशाख २०८१, आईतवार
  •  1:11:35 AM

गाडीमा तेल हालिदिन्छु भनेर लिफ्ट मागे , जंगलमा पुगेपछि हात खुट्टा बाधेर लुटपाट मच्चाए

- असार १५, २०७९ मा प्रकाशित


कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका लोकेन्द्रसिंह भण्डारीसँग सोमबार बिहान करिब १० बजेतिर महेन्द्रनगरको चम्मनचोकमा तीन जना भारतीय भेटिए।भण्डारी प्रदेश नं.३ ०१२३ च ८७२१ नम्बरको आफ्नै सुजुकी कारमा डडेल्धुराको आलीताल गाउँपालिका गइरहेका थिए।गाउँपालिकामा कम्प्युटर अपरेटरको पदमा कार्यरत भण्डारीलाई ती भारतीय नागरिकले खानीडाँडासम्मको ‘लिफ्ट’ मागे। कारमा इन्धन पनि हालिदिने उनीहरुले भण्डारीलाई आश्वासन दिए।एक्लै आलीताल गइरहेका उनले ती अपरिचित व्यक्तिलाई खानीडाँडासम्म पुर्याउन कारमा बसालेर ल्याएका थिए।

उनीहरुले खानीडाँडा पुग्न अगावै गोदावरी नगरपालिका–५ बुढीतोलाको जंगलमा कार रोक्न लगाए। र, भण्डारीलाई फोटो खिचिदिन भन्दै सडक भन्दा करिब ५० मिटर तल लगे। तर, त्यहाँ उनीहरु भण्डारीमाथि आक्रमण गर्न थाले।‘सुरुमा मुख बाँधे, त्यसपछि हात, खुट्टा पनि बाँधेर टाउकोमा ढुंगाले हाने,’ भण्डारीले प्रहरीसँगको बयानमा भनेका छन्, ‘खल्तीको मोबाइल, पर्स र कार चोरेर भागे, त्यसपछि म धौ धौ सडकसम्म आएँ।’

हात, खुट्टा बाँधेको अवस्थामा स्थानीयले देखेपछि सोमबार दिउँसो १ बजे प्रहरीलाई खबर गरेका थिए।हात, खुट्टा बाँधिएको अवस्थामा भेटिएका भण्डारीलाई उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए।उनका अनुसार कुटपिटबाट घाइते भण्डारीको अहिले कैलालीकोअत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।उनीमाथि आक्रमण गर्ने समूहलाई प्रहरीले अत्तरियाबाट पक्राउ गरिसकेको छ।

Comments

सम्बन्धित खवर