•  २ जेष्ठ २०८१, बुधबार
  •  1:52:43 PM

काठमाण्डाैमा हैजाकाे सन्त्रास : ललितपुरमा पानीपुरी र चटपटे बिक्रिमा प्रतिवन्ध

- असार १२, २०७९ मा प्रकाशित


काठमाडाै । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।

धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्ना प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।‘आज दिनभरी हामी ठेलामा पानीपुरी बेच्नेहरुलाई सम्झाएर हटाउँछौं । भोलिबाट महानगरमा पानीपुरीको ठेला देखिँदैन ।’

Comments

सम्बन्धित खवर