•  २६ बैशाख २०८१, बुधबार
  •  7:50:19 PM

इटहरीले ल्यायाे २ अर्ब १८ कराेडकाे बजेट , ५ वर्षमा शहरकाे मुहार फेरिने यस्ता छन लाेभलाग्दाे याेजना

- असार १०, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरी उपमहानगरले आगामी आर्थिक वर्ष २०७९/८०का लागि २ अर्ब १८ कराेडकाे पुरक बजेट प्रस्तुत गरेकाे छ । शुक्रबार उपमहानगरकाे सभाहलमा आयाेजित ११ औं नगर सभा मार्फत पेश गरिएकाे नीति तथा कार्यक्रममा उपमेयर संगिता कुमारी चाैधरीले साे परिमाणकाे बजेट प्रस्तुत गरेकि हुन ।

आगामी वर्ष देखि इटहरीलाइ डुबान मुक्त बनाउने देखि सार्वजनिक साैचालय निर्माण , पार्किङ समस्या सामधान , शिक्षा क्षेत्रलाइ सुधारात्मक कार्यक्रम लगायत भाैतिक पूर्वाधार बिकाशका कार्यक्रमहरूलाइ बिशेष प्राथमिकतामा राखिएकाे छ ।  त्यस्तै थारू जातीहरूकाे ग्रामथानकाे संरक्षण उनिहरूकाे प्रवर्दनमा समेत जाेड दिदै बिपन्न परिवारहरूलाइ निशुल्क स्वास्थ्य बिमा लगायतका कार्यक्रमहरू पनि बजेट मार्फत समावेस गरिएकाे छ । 

अधिकांस पुराना बिकाशका याेजनाहरूलाइ प्राथमिकतामा राखेर बजेट ल्याइएकाे छ । बजेटकाे आकार पनि अघिल्लाे वर्षकाे तुलनामा याे वर्ष घटाएर ल्याइएकाे छ । अघिल्लाे आर्थिक वर्षमा तत्कालिन उपमेयर लक्ष्मी गाैतमले २ अर्ब ३० कराेडकाे बजेट ल्याएकि थिइन ।

याे वर्ष भने बजेटकाे आकार घटेर २ अर्ब १८ कराेडमा झरेकाे छ । बजेट घटेपनि आगामी ५ वर्ष भित्र इटहरीलाइ नमुना शहरकाे रूपमा परिणत हुने गरी बिकाशका कार्यक्रमहरू अघाडी बढाइने बजेट बक्तब्यमा उल्लेख गरिएकाे छ । कार्यक्रम इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । 

Comments

सम्बन्धित खवर