•  २६ बैशाख २०८१, बुधबार
  •  9:16:19 AM

माधव नेपाललाइ आफ्नै मन्त्री र सांसद घाडाे : न भनेकाे मान्छन , न कुनै निर्णय गर्छन !

- असार १०, २०७९ मा प्रकाशित


काठमाडौँ । सरकारमा रहेका चार मन्त्रीसहित नेकपा एकीकृत समाजवादीका १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई मागपत्र पेस गरेका छन् ।

मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठलगायत १० सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निणर्यप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका हुन् । पत्रमा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कणर् कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।

उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको आरोप लगाएका छन् । बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने पनि अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा उल्लेख छ । पूर्व जानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई दिलाइको विश्वासमा ठेस पुर्‍याउने र पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरिएको आरोप पत्रमार्फत लगाइएको छ ।

मन्त्रीहरूले संसदमा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि सरकार छाड्ने भन्ने प्रतिबद्धतालाई कमजोरी ठानिएको भन्दै पत्रमा अगाडि लेखिएको छ, ‘यो व्यवहारप्रति हामी गम्भीर छौँ ।’

पत्रमा पार्टीले प्रस्ताव गरेका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित रहेको पनि आरोप लगाइएको छ । ’यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं’, पत्रमा लेखिएको छ ।

Comments

सम्बन्धित खवर